काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएकोमा आज तोलामा ५ रुपैयाँले बढेर १३१५ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया