परराष्ट्रमन्त्री आरजु राणा जापान प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन्।

उनको सचिवालयका अनुसार जापानको टोकियोमा बुधबार सुरु हुने ज्येष्ठ नागरिकमा देखापर्ने सामाजिक एकान्ततासम्बन्धी सम्मेलनमा सहभागी हुन उनी गएराति त्यसतर्फ गएकी हुन्।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउन्डेसन फर द वेलफेयर एन्ड एजुकेसन अफ द एसियन पिपुल) ले आयोजना गर्ने सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ता सहभागी हुँदै छन्।

जापानमा रहँदा परराष्ट्रमन्त्री राणााले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उनी जापानबाट आगामी शनिबार स्वदेश फर्कने कार्यतालिका रहेको उनको सचिवालयले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।