काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न गठित सिफारिस समितिमा सरकारद्वारा अर्थशास्त्री डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको सदस्य पदमा डा. पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
यसअघि समितिमा अर्थविद् सदस्यका रूपमा नियुक्त भएका विश्व पौडेलले राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो। पौडेलले गभर्नर सिफारिससम्बन्धी विवादका बीच राजीनामा दिएका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर पदका लागि पौडेलको नाम अघि सारेको चर्चा चलेपछि उनले समितिबाट राजीनामा दिएका थिए।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको लामो समय भइसक्दासमेत नयाँ गभर्नरको नियुक्ति हुन सकेको छैन। अधिकारीको कार्यकाल २०७८ चैत २५ गते सकिएको हो। नयाँ गभर्नरको छनोट प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिले पूर्णता पाएको छ।
प्रतिक्रिया