काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ मा १७५ जना विदेशी पाहुना सहभागी हुने भएका छन्। परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिकी संयोजक डा. आरजु राणा देउवाले सोमबार पत्रकार सम्मेलनमार्फत संवादको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन्।
उनका अनुसार संवादमा करिब ३५० जना सहभागी हुनेछन्, जसमा १२ देशका उच्च प्रतिनिधिमण्डल, भारत र चीनका विशिष्ट पाहुना, तथा कोप–२९ अध्यक्षको प्रतिनिधि पनि रहनेछ।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ मुख्य विषय रहेको संवादमा, संयुक्त राष्ट्रसंघका महासचिवको श्रव्यदृश्य सन्देश, विभिन्न १२ सत्रमा छलफल, र ६१ अन्तर्राष्ट्रिय तथा स्वदेशी संस्थाको सहभागिता रहनेछ।
डा. राणाले नेपाललाई तटस्थ र संवादमुखी कूटनीतिको नेतृत्वकर्ता बनाउने उद्देश्यसहित संवाद आयोजना गरिएको बताइन्।
प्रतिक्रिया