हिमाल आरोहीबाट ७७ करोड रोयल्टी संकलन, सगरमाथा चढ्न आए ५७ देशका नागरिक

हिमाल आरोहीबाट ७७ करोड रोयल्टी संकलन, सगरमाथा चढ्न आए ५७ देशका नागरिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट ७७ करोड ३५ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ। पर्यटन विभागका अनुसार सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ।

सगरमाथासहित २६ हिमालका लागि ११९ समूहका १ हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्, जसमा २४० महिला र ८८७ पुरुष छन्। सगरमाथाका लागि ५७ देशका ४५६ जनाले अनुमति लिएका छन्।

आमादब्लम, ल्होत्से, मकालु, कञ्चनजङ्घा, नुस्से र अन्नपूर्णमा समेत उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन्। वसन्त ऋतु हिमाल आरोहणको प्रमुख मौसम भएकाले आरोही संख्या अझै बढ्ने विभागको अनुमान छ।

Recent Comments

No comments to show.