नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि तीन विकल्प, साधारणसभा र बन्द सत्र भर्चुअल गर्न सुझाव

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि तीन विकल्प, साधारणसभा र बन्द सत्र भर्चुअल गर्न सुझाव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोनाभाइरस र लकडाउनका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सम्पन्न गर्न तीन मोडल प्रस्ताव गरिएको छ ।

त्यसका लागि प्रत्यक्षदेखि ई–भोटिङसम्मका मोडल सुझाइएको छ ।

जसमा स्वास्थ्यका सबै मापदण्ड तथा सरकारका निर्देशन पालना गरी सबै क्षेत्र (जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को सहभागिता हुने गरी काठमाडौंमा निर्वाचन आयोजना गर्ने वा जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र बस्तुगत, एसोसिएटको काठमाडौंमा चुनाव गर्ने विकल्प दिइएको छ ।

त्यस्तै, ई–भोटिङ मार्फत चुनाव सम्पन्न गर्न सकिने अर्को मोडल पनि सुझाइएको छ ।

महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनलाई कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा ढाचा तथा प्रक्रिया तयार गर्न गठित समितिले महासंघका अध्यक्ष भवानी राणालाई सोमबार बुझाएको प्रतिवेदनमा ति विकल्प प्रस्तुत गरिएको हो ।

समितिमा जिल्ला/नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट ई. बिनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रंजितराज आचार्य थिए ।

समितिले वार्षिक साधारण सभाका समुद्घाटन, बन्दसत्र र समापन कार्यक्रम भर्चुअलरुपमा जुममार्फत गर्न सुझाव दिएको छ ।

गएको साउन २१ गतेसम्पन्न महासंघको कार्यकारिणी समितिको १७ औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो । सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, कोभिड१९ उच्चस्तरीय संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), स्वास्थ्यसम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसंग छलफल गरी प्रतिवेदन तयार गरेको समतिले बताएको छ ।

समितिले प्राप्त कार्यादेश अनुसार आफ्नो कार्य सम्पन्न गरी महासंघका अध्यक्ष राणा समक्ष प्रतिवेदन पेश गरेको हो ।

गत चैतको अन्त्यमा सम्पन्न हुनु पर्ने महासंघको वार्षिक साधारण सभा र निर्वाचन कोरानोभाइरसका कारण रोकिएको थियो ।

गत साउनमा सभा र निर्वाचन गर्ने तालिका सार्वजनिक गरिए पनि संक्रमणको दर तिब्र भएपछि त्यो पुनः रोकएको थियो । यसैवीच वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशोर श्रेष्ठको प्यानलका वीच निर्वाचन गर्ने कि सार्ने भन्ने बारेमा आरोपप्रत्यारोपसम्म भएको छ भने पुरै महासंघ दुई ध्रुवमा बाँडिएको छ ।

Recent Comments

No comments to show.