मल नल्याउने दुई कम्पनीसँगको ठेक्का रद्द, करिब साढे ९ करोड धरौटी जफत

मल नल्याउने दुई कम्पनीसँगको ठेक्का रद्द, करिब साढे ९ करोड धरौटी जफत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ठेक्का रद्द गरिएको र मल आयातका लागि नयाँ प्रकृया शुरु गर्ने जानकारी दिए।

कम्पनीको आइतबार बसेको वैठकले यी दुई कम्पनीले राखेको करिब रु. साढे नौ करोड बैक धरौटी जफत गर्ने निर्णय गरेको हो ।

असारमा दुई कम्पनीसँग भदौ २० गतेसम्म २५ हजार मेट्रिक टन युरिया मल खरिद गरि नेपाल ल्याइ सक्ने गरी कृषि सामग्री कम्पनीसँग सम्झौता भएको थियो ।

तर ठेक्का सम्झौता अनुसार तोकिएको समयमा मल शैलुङसँग २५ हजार मेट्रिक टन र होनिकोसँगको २५ हजार मेट्रिक टन गरी ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता रद्द भएको थियो ।

तर दुबै कम्पनीले सम्झौता अनुसार भनेकै समयमा मल ल्याउन नसकेकाले ठेक्का तोडिएको हो ।

शैलुङ इन्टरप्राइजेज विवादित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको हो भने हानोको मल्टिपर्पोज अर्का निर्माण व्यवसायी हुमनाथ कोइरालाको हो।

अधिकारीको खुमलटारस्थित घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बसोबास गर्छन्। कोइराला नेपाली कांग्रेसका नेताहरु निकट भएको चर्चा चल्ने गरेको छ ।

ती कम्पनीले असारमा मल ल्याउनुपर्ने भए पनि भदौ सकिन लाग्दासमेत नल्याएपछि हाहाकार मच्चिएको छ। किसानलाई मल उपलब्ध गराउन नकसेपछि सरकारको आलोचना भइरहेको छ।

Recent Comments

No comments to show.