काठमाडौं । काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उपत्यकामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै धेरै हो ।
प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया