आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली। तनहुँको व्यास नगरपालिका-११ स्थित तनहुँसुरकी सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन्। बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४:३० बजे हुँदासम्म पनि मल पाइनन्।

“मल पाइने आशमा दिनभर लाइनमा बस्यौं, तर पाइएन,” उनले भनिन्, “मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन्।” मल हुँदाहुँदै पनि ४:३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनले गुनासो गरिन्। उनले कसैले ३५/४० किलोसम्म मल पाए पनि कसैले भने रित्तो हात फर्कनुपरेको बताइन्।

कलेस्तीकी पूजा कुमाल बिहान ९:३० बजेदेखि मल लिन लाइनमा बसिन्। दिनभर लाइनमा बस्दा पनि उनले मल पाइनन्न। “गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,” कुमालले भनिन्, “भोलि पनि आएर पाउने निश्चित छैन।”

केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरे पनि नपाएको उनको गुनासो छ। “कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,” कुमालले भनिन्, “धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो।” उनलाई कोरोनाभन्दा धान कुहिएला कि भन्ने चिन्ता छ। “अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने?,” उनले प्रश्न गरिन्।

कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसे पनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताइन्। चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उनको गुनासो छ।

साँगेका बीबी राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताए। “भन्नलाई कृषिप्रधान देश भनिन्छ तर चाहिएको बेला मल पाइँदैन, एक रोपनी क्षेत्रफलमा धान खेती गरेको छु। धेरै चोटी प्रयास गरेँ, तर मल पाउन सकिन,” उनले भने।

दमौलीस्थित नवीन उपभोक्ता सहकारीमार्फत् मल बिक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो। डिपोमा मल हुँदाहुँदै कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेटेर मल उपलब्ध गराइदिन माग गरे।

प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङमार्फत् आएको मल बाँकी भएको भए कृषकलाई बिक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिए। उनले भने, “सहजीकरण गर्न प्रहरीलाई निर्देशन दिएको छु।”

प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुन: डिपोमा पुगेका कृषकले मल पाएनन्। त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए। सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिलाई सम्पर्क गर्न खोजे पनि फोन उठेन। दमौली। तनहुँको व्यास नगरपालिका-११ स्थित तनहुँसुरकी सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन्। बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४:३० बजे हुँदासम्म पनि मल पाइनन्।

“मल पाइने आशमा दिनभर लाइनमा बस्यौं, तर पाइएन,” उनले भनिन्, “मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन्।” मल हुँदाहुँदै पनि ४:३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनले गुनासो गरिन्। उनले कसैले ३५/४० किलोसम्म मल पाए पनि कसैले भने रित्तो हात फर्कनुपरेको बताइन्।

कलेस्तीकी पूजा कुमाल बिहान ९:३० बजेदेखि मल लिन लाइनमा बसिन्। दिनभर लाइनमा बस्दा पनि उनले मल पाइनन्न। “गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,” कुमालले भनिन्, “भोलि पनि आएर पाउने निश्चित छैन।”

केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरे पनि नपाएको उनको गुनासो छ। “कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,” कुमालले भनिन्, “धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो।” उनलाई कोरोनाभन्दा धान कुहिएला कि भन्ने चिन्ता छ। “अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने?,” उनले प्रश्न गरिन्।

कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसे पनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताइन्। चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उनको गुनासो छ।

साँगेका बीबी राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताए। “भन्नलाई कृषिप्रधान देश भनिन्छ तर चाहिएको बेला मल पाइँदैन, एक रोपनी क्षेत्रफलमा धान खेती गरेको छु। धेरै चोटी प्रयास गरेँ, तर मल पाउन सकिन,” उनले भने।

दमौलीस्थित नवीन उपभोक्ता सहकारीमार्फत् मल बिक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो। डिपोमा मल हुँदाहुँदै कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेटेर मल उपलब्ध गराइदिन माग गरे।

प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङमार्फत् आएको मल बाँकी भएको भए कृषकलाई बिक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिए। उनले भने, “सहजीकरण गर्न प्रहरीलाई निर्देशन दिएको छु।”

प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुन: डिपोमा पुगेका कृषकले मल पाएनन्। त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए। सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिलाई सम्पर्क गर्न खोजे पनि फोन उठेन। -रासस

Recent Comments

No comments to show.