काठमाडौं । उद्योगपति विनोद चौधरी कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन । १२ भदौमा कोरोना संक्रमण पुष्टि भएका चौधरी १० दिनसम्म होम आइसोलेसनमै बसेर निको भएका हुन् ।
सांसदसमेत रहेका चौधरीले शनिबार चौधरीले सामाजिक सञ्जालमार्फत् एक सूचना पोस्ट गर्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको बताएका हुन् ।
उनले आफू १० दिन लामो एकान्तवासपछि कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका छन् ।
उनलाई गत १२ गते कोरोना पोजेटिभ देखिएको थियो। नेपाली कांग्रेसका सांसद चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् ।
प्रतिक्रिया