२० बैंकको नाफा ४४ अर्ब नौ करोड,कुनको कति?

२० बैंकको नाफा ४४ अर्ब नौ करोड,कुनको कति?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले आफ्नो नाफा केही हदसम्म बढाउन सफल भएका छन्। देशको आर्थिक सुस्ती र वित्तीय क्षेत्रको दबाबबीच पनि बैंकहरूले कुल ४४ अर्ब नौ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो गत वर्षको सोही अवधिको तुलनामा करिब तीन अर्ब ६८ करोड रुपैयाँले बढी हो।

२० वाणिज्य बैंकमध्ये १३ बैंकले नाफा वृद्धि गरेका छन्। नेपाल बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र ग्लोबल आइएमई बैंकजस्ता बैंकहरूले उल्लेख्य लाभ देखाएका छन्। नेपाल बैंक त झन् नाफा वृद्धिको ‘स्टार पर्फर्मर’ बन्न सफल भएको छ। गएको वर्षको सोही अवधिमा जम्मा १३ करोड कमाएको बैंकले यस वर्ष दुई अर्ब ७८ करोड नाफा बटुल्न सफल भएको छ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेका अनुसार यो सुधार कर्जा असुलीमा आएको प्रगतिको प्रतिफल हो। कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) घटेसँगै बैंकले सहज नाफा देख्न थालेको बताउँछन्।

नाफामा सुधार ल्याउने क्रममा कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, ग्लोबल आइएमई, एभरेष्ट, नबिल, माछापुच्छ्रे, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु र अन्य बैंकहरू पनि अगाडि देखिएका छन्।

तर, यता नाफामा सुधार देखिए पनि जोखिम भने अझै टरिसकेको छैन। बैंकहरूको निष्क्रिय कर्जा अनुपात १.१७ प्रतिशत विन्दुका दरले बढेर ४.८२५ प्रतिशतमा पुगेको छ।

बिशेष गरी हिमालयन बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सन्राइज लगायतका बैंकहरूको निष्क्रिय कर्जा अनुपात उल्लेख्य रूपमा बढेको छ। केही बैंकमा यो दर ७ प्रतिशतसम्म पुगेको छ, जुन वित्तीय स्थायित्वका हिसाबले चिन्ताजनक सूचक हो।

एनआइसी एसिया, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक जस्ता बैंकहरूको नाफा भने उल्टो घटेको छ। एनआइसी एसियाले अघिल्लो वर्षको तुलनामा एक अर्ब ७५ करोडले कम नाफा मात्र कमाउन सक्यो।

स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकले भने निष्क्रिय कर्जा न्यूनतम सीमामा झार्न सफल भएका छन्। स्ट्यान्डर्ड चार्टर्डको निष्क्रिय कर्जा अनुपात दर १.४४ प्रतिशत र एभरेष्टको ०.६४ प्रतिशतमा सीमित रहेको छ।

अन्ततः बैंकहरूको नाफा सुधार भए पनि जोखिम सूचक भने अझै ‘रेड जोन’मै छ। निकट भविष्यमा कर्जा असुलीको गति, आर्थिक स्थायित्व र ऋणीहरूको भुक्तानी क्षमताले यो सुधारलाई टिकाउ बनाउने वा पुनः दबाबमा ल्याउने भन्ने स्पष्ट पार्नेछ।

Recent Comments

No comments to show.