विदेशी मुद्रा सञ्चिति १८ प्रतिशत बढेर पुग्यो २४ खर्ब, १७.२ महिनाको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति १८ प्रतिशत बढेर पुग्यो २४ खर्ब, १७.२ महिनाको आयात धान्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति २४ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति रिपोर्टअनुसार सञ्चिति फागुन मसान्तसम्म २४ खर्ब रुपैयाँ पुगेको हो।

२०७८ असार मसान्तमा २० खर्ब ४१ अर्ब रुपैयाँ रहेको सञ्चिति ८ महिनामा १८ प्रतिशतले वृद्धि भई २४ खर्ब माथि पुगेको हो। अमेरिकी डलरमा हेर्दा, यस्तो सञ्चिति १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड डलर पुगेको छ, जुन अघिल्लो असारमा १५ अर्ब २७ करोड डलर थियो।

राष्ट्र बैंकका अनुसार, उक्त सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चिति मात्र २१ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो असारमा १८ खर्ब ४८ अर्ब थियो। बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ — ४४.९ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब पुगेको छ।

रिपोर्टअनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये २१.७ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको छ। यस वृद्धिले देशको आयात क्षमता र आर्थिक स्थायित्वमा सकारात्मक संकेत दिएको छ।

Recent Comments

No comments to show.