आईजीपी एमालेको सहअध्यक्ष जस्तै बनेको लिङ्देनको आरोप

आईजीपी एमालेको सहअध्यक्ष जस्तै बनेको लिङ्देनको आरोप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापामाथि गम्भीर आरोप लगाउँदै उनलाई नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष जस्तै व्यवहार गरिरहेको बताएका छन्।

मंगलबार बल्खुमा आयोजित खबरदारी सभामा बोल्दै लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा अश्रुग्यास प्रयोग गरिएको भन्दै त्यसको जिम्मा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखले लिनुपर्ने बताए।

उनले प्रहरी प्रमुखलाई राजनीतिक निष्पक्षता कायम राख्न आग्रह गर्दै भने, “प्रहरी, प्रहरी भएर बस्नुपर्छ, कुनै पार्टीको कार्यकर्ता भएर होइन।”

लिङ्देनले सत्तामा रहेका नेताहरू सधैं नहुने उल्लेख गर्दै आईजीपीलाई निष्पक्ष र संवैधानिक भूमिकामा रहन चेतावनी पनि दिए।

Recent Comments

No comments to show.