केपी ओली र प्रचण्डलाई गिरफ्तार गर्नुपर्छ : राप्रपा उपाध्यक्ष तामाङ

केपी ओली र प्रचण्डलाई गिरफ्तार गर्नुपर्छ : राप्रपा उपाध्यक्ष तामाङ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गिरफ्तार गर्नुपर्ने बताएका छन्।

मङ्गलबार (आज) काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अनाहकमा पक्राउ गरिएको भन्दै उनले सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलाई गिरफ्तार गर्नुपर्ने बताए। ‘सुरुमा केपी ओली, प्रचण्डहरूलाई गिरफ्ता गर्नुपर्छ,’ उनले भने, ‘हाम्रा साथीहरूलाई चाहिँ हिन्दुराष्ट्र माग्दैमा गिरफ्तार गर्ने अनि उहाँहरूलाई चाहिँ किन गिरफ्तार नगर्ने ? उहाँहरूले पनि संविधानमा नभएको प्रत्यक्ष निर्वाचित कार्यकारी माग्नुभएको छ।’

तामाङले तीनकुने घटनाका सन्दर्भमा छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा सर्वपक्षीय जाँचबुझ आयोग गठनको माग गरेका छन्। ‘सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकारकर्मी तथा सञ्चारकर्मीसहितको सर्वपक्षीय जाँचबुझ आयोग गठन गर्नुपर्छ,’ उनले भने।

यस्तै उनले आफ्ना मागहरू सरकारले सुन्नुपर्ने बताए। अन्यथा, आफूहरू थप सशक्त हुनका लागि बाध्य हुने उनको भनाइ छ।

Recent Comments

No comments to show.