काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार उनलाई थुनामा पठाउने आदेश दिएपछि प्रहरी पक्राउ गरेर रुपन्देही पठाउने तयारीमा जुटेको छ।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। यसअघि, जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
यो आदेशसँगै पूर्व डीआईजी छविलाल जोशी पनि रिहा नहुने भएका छन्। लामिछाने केही दिनअघि मात्र रास्वपा सभापति पदमा फर्किएका थिए। उनले सांसद निलम्बन फुकुवाका लागि निवेदन दिएपनि सभामुखले अस्वीकार गरेका थिए।
अब प्रहरीले अदालतको आदेशअनुसार उनलाई पक्राउ गरी रुपन्देही पठाउने तयारी गरिरहेको छ।
प्रतिक्रिया