यातायात मजदुर सविन कसरी तीनकुने पुगेर मारिए ?

यातायात मजदुर सविन कसरी तीनकुने पुगेर मारिए ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर कीर्तिपुर–४, गाम्चाका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ।

प्रहरीले आन्दोलनकारी ठानेका महर्जन वास्तवमा एक सामान्य यातायात मजदुर थिए।

महर्जन घरबाट बल्खुमा मर्मतका लागि छाडिएको गाडी लिन निस्केका थिए। तर, कुनै कारणले तीनकुनेमा भइरहेको प्रदर्शनस्थलमा पुगे जहाँ प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भए। सुरक्षाकर्मीले उनलाई शिक्षण अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो।

परिवारका अनुसार सविन कुनै राजनीतिक कार्यकर्ता थिएनन् र राजावादी आन्दोलनका समर्थक पनि थिएनन्। उनी १० वर्षदेखि काठमाडौं–हेटौँडा रुटमा सुमो गाडी चलाउँदै आएका थिए। बिहीबार गाडी सर्भिसिङका लागि बल्खुमा छाडेर घर पुगेका उनी बिहान १० बजेतिर गाडी लिन निस्केका थिए।

यस घटनाले सविनको परिवार मर्माहत भएको छ। उनकी श्रीमती भविषा ठकुरी र सात वर्षीया छोरी बिचल्लीमा परेका छन्। कीर्तिपुर–४ का वडाध्यक्ष राजेन्द्र बानियाँले अनाहकमा निर्दोष युवाले ज्यान गुमाएकोमा दुःख प्रकट गर्दै पीडित परिवारलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

Recent Comments

No comments to show.