‘नो केबलकार समूह’ले फेरी आन्दोलन गर्ने, चैत २५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषण

‘नो केबलकार समूह’ले फेरी आन्दोलन गर्ने, चैत २५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाथीभरामा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ले फेरि आन्दोलन घोषणा गरेको छ ।

मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आगामी २५ चैतदेखि अनिश्चितकालिन यातायात बन्द गर्ने घोषणा गरेको हो ।

घोषित आन्दोलनको कार्यक्रम अनुसार समितिले चैत २५ देखि एसियन हाइवेबाट उत्तरी खण्ड, मेची हाइवे, तम्मर करिडोर, धनकुटे रोडलगायतका पूर्वजाने सबै मुख्य सडक बन्द गर्ने बताएको छ ।

उनीहरुले मुक्क्कुमलुङ संस्कृति, सम्पदा, सम्भयता र मुन्धुमीस्थलमाथिको सांस्कृतिक संहार, गोलीकाण्ड, राज्यको मानवता विरोधी फुङलिङ काण्ड विरुद्ध र केवलकारका खारेजीको माग गर्दै यातायात बन्दको घोषणा गरेका हुन् ।

यसअघि पनि नो केबलकार समूहले यातायात बन्द गरेर केबलकार निर्माणको विरोध गरेको थियो । गत माघ ८ गतेदेखि आइएमई ग्रुपले पाथीभरा क्षेत्रमा केबलकार निर्माण थालेपछि स्थानीय तोडफोड र आन्दोलमा उत्रिएका थिए । त्यसयता सरकार र आन्दोलनरत समूह बीच पटक पटक वार्ता भए पनि सहमतिमा पुग्न सकेको छैन ।

यसैबीच, सर्वोच्च अदालतले पाथीभर केबलकार निर्माण सम्बन्धी सम्पूर्ण कार्य यथास्थितिमा अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

Recent Comments

No comments to show.