माइतीघरमा सञ्चारकर्मीहरूको विरोधसभा, दोषीमाथि कडा कारबाहीको माग (तस्बिर)

माइतीघरमा सञ्चारकर्मीहरूको विरोधसभा, दोषीमाथि कडा कारबाहीको माग (तस्बिर)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै शुक्रबार भएको प्रदर्शनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममाथि भएको आक्रमणविरुद्ध सञ्चारकर्मीहरूले शनिबार माइतीघरमा विरोधसभा गरेका छन्।

नेपाल पत्रकार महासंघको आयोजनामा गरिएको विरोधसभामा घटनाको गम्भीर छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

शुक्रबारको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो। व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा प्रदर्शनकारीले संचार गृहमा आगजनी, ढुंगामुडा र सवारी साधन तोडफोड गरेका थिए।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले घटनालाई गम्भीर मान्दै सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरे। महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले सञ्चारकर्मीको हत्या भएको भन्दै घटनाको कडा निन्दा गरे।

पत्रकार महासंघले शनिबारको स्थापना दिवसलाई विरोधसभा र शोकसभाका रूपमा मनाउने निर्णय गरेको छ। पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

Recent Comments

No comments to show.