राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राजधानीको तीनकुनेस्थित एक भवनमा राजावादीहरूले आगो लगाउँदा एक जना पत्रकारको मृत्यु भएको छ। एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर निधन भएको पुष्टि भएको छ।

प्रत्यक्षदर्शीका अनुसार सुरेश रजक उक्त भवनको छतमा चढेर टेलिभिजनका लागि दृश्य खिचिरहेका थिए। राजावादी प्रदर्शन उग्र बन्दै जाँदा प्रहरीसँगको झडपपछि प्रदर्शनकारीहरूले वरपरका घरमा तोडफोड र आगजनी गरेका थिए। यही क्रममा आगलागीमा फसेका रजकको जलेर मृत्यु भएको बताइएको छ।

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले रिपोर्टिङका लागि गएको सहकर्मी सुरेश रजकको शव त्यही भवनमा जलेको अवस्थामा फेला परेको जानकारी दिए। उनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पत्रकारिता क्षेत्रका लागि यो ठूलो क्षति भएको बताए।

राजावादी प्रदर्शनले उग्र रूप लिएपछि काठमाडौं जिल्ला प्रशासनले तीनकुने र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। यद्यपि, प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गर्न छोडेका छैनन्।

पत्रकारको मृत्युको घटनाले सञ्चारकर्मीहरूमा त्रास र चिन्ता उत्पन्न भएको छ। सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् भने घटनाका विषयमा थप अनुसन्धान जारी रहेको छ।

Recent Comments

No comments to show.