काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश, १० बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश, १० बजेसम्म हिँडडुल गर्न रोक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंका ५ क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । तीनकुने क्षेत्रमा राजावादीको आन्दोलन उग्र भएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासनले गौशला, बानेश्वर, जडीबुटी, बालकुमारी क्षेत्रभित्र चारकिल्ला तोकेको छ ।

गौशलादेखि एयरपोर्ट हुँदै, गौरीधार, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्व्रदेखि बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमूल पुलसम्म र गौशलादेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वरसम्म कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ ।

ती क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेरा उगर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।

राजावादी अराजक बन्दै तीनकुने, कोटेश्वर, सिनामंगल लगायत क्षेत्रमा तोडफोड गरेका छन् । तीनकुनेमा एउटा घरमा आगो समेत लगाइदिएका थिए ।

तीनकुने क्षेत्रको अवस्था तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणलिन प्रशासनले कर्फ्यु लगाएको हो ।

Recent Comments

No comments to show.