जडिबुटी कारखानामा राजावादीले लगाए आगो

जडिबुटी कारखानामा राजावादीले लगाए आगो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानी काठमाडौंमा राजावादी समूहद्वारा उग्र प्रदर्शन जारी रहँदा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरिएको छ। प्रदर्शनकारीहरूले कम्पनीमा तोडफोड गर्दै कार्यालयलाई आगो लगाएका हुन्। तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै प्रदर्शनकारीहरूको भिड जडीबुटीतर्फ सरेको थियो।

त्यसैगरी, प्रदर्शनकारीहरूले एकीकृत समाजवादीको पार्टी कार्यालयमा समेत तोडफोड गर्दै आगजनी गरेका छन्। तीनकुने क्षेत्रमा रहेको एक नीति घरमा समेत आगो लगाइएको छ। प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षाकर्मीहरूले बल प्रयोग गरी नियन्त्रणमा लिने प्रयास गरेका छन्।

कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा समेत प्रदर्शनकारीहरूले तोडफोड गर्दै लुटपाट गरेको खबर प्राप्त भएको छ। सुरक्षाकर्मीहरूले प्रदर्शनलाई नियन्त्रणमा लिन कठोर कदम चालेका छन् भने सेना र प्रहरीको संयुक्त टोलीले प्रभावित क्षेत्रहरूमा कडाइ गरेको छ।

राजावादी प्रदर्शनकारीहरूले राजधानीका विभिन्न स्थानमा तोडफोड र आगजनी गर्न थालेपछि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गर्दै सेना परिचालन गरेको छ। स्थिति अझै तनावग्रस्त रहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको सुरक्षा स्रोतले जनाएको छ।

Recent Comments

No comments to show.