म,
पागलझैँ चिच्चाईरहेछु
भीडहरू
मेरा पछिपछि दगुरिरहेछन्
म एक्लाे छु
सडककाे किनारमा
भीडहरू
धकेलिरहेछन्
मसानघाटबाट उडिरहेका धूँवाले झैँ
एकनास लखेटीरहेछन्
स्वतन्त्रताकाे धर्म
छाडा हुनु पक्कै हाेइन
पेटीमा उभिएर रमाउन
म हिँडेकाे हाेइन
माैका छाेप्न
बरालिएकाे हाेइन
फुङ्ग उडेका तुवाँलाे हुँदैहाेइन
उनीहरू
निरन्तर प्रहार गरिरहेछन्
छेक्ने काेही छैन
म,
पागलझैँ चिच्याइरहेछु
शहरकाे वीचभागमा ।
प्रतिक्रिया