नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि, ३०० बढी स्टल रहने

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि, ३०० बढी स्टल रहने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।

यो मेला नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको दशौं संस्करण हो। महासंघका अनुसार यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानबाट व्यापारी एवं उद्योगपतिहरूको सहभागिता रहनेछ। मेलामा ‘मेड इन नेपाल’ पेभेलियन तथा विभिन्न वस्तुगत संघहरूको पेभेलियन समेत रहनेछ। नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा यो मेला आयोजना हुन लागेको हो।

यस वर्ष मेलामा कुल ३०० भन्दा बढी स्टल मार्फत स्वदेशी तथा विदेशी वस्तु एवं सेवाहरूको प्रदर्शनी गरिनेछ। साथै, सार्क राष्ट्रहरूका साथै चीन, कोरिया, जापान लगायतका देशका व्यवसायी तथा क्रेताहरूलाई समेत आमन्त्रण गरिनेछ। मेलाको प्रमुख आकर्षणमा मेड इन नेपाल शो, हस्तकला उत्पादनहरू, वस्तुगत संघहरूका उत्पादनहरू तथा चार पाङ्ग्रे र दुई पाङ्ग्रे विद्युतीय गाडी ९ईभी० समेत प्रदर्शन गरिनेछ। मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य लिइएको छ। मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण सम्बन्धी छुट्टाछुट्टै स्टलहरू राखिने छन्। विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट, द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल हुने कार्यक्रम पनि रहेको छ।

यस वर्षको मेलामा स्वदेशी तथा विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ। महासंघकै नेतृत्वमा प्रादेशिक, जिल्ला तथा वस्तुगत गरी विभिन्न भागमा समेत मेला आयोजना हुने क्रममा छ। विभिन्न जिल्लाहरूमा आयोजना भएका उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाइसकेको छ। मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षित गर्ने, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने तथा समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउने महासंघको विश्वास छ। मेलामा जेष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुट प्रदान गरिनेछ। महासंघका अनुसार २०८१ चैत ११ गतेदेखि स्टल बुकिङ खुल्ला गरिएको छ।

Recent Comments

No comments to show.