यस्तो छ नेकपा (एमाले) को राजावादीको विरुद्ध सडकमा उत्रिने कार्ययोजना

यस्तो छ नेकपा (एमाले) को राजावादीको विरुद्ध सडकमा उत्रिने कार्ययोजना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना अभिवृद्धि गर्न देशव्यापी कार्यक्रम गर्ने भएको छ। राजावादी शक्तिहरूले दबाब बढाउन थालेपछि एमालेले गणतन्त्रको रक्षा र जनचेतना फैलाउने उद्देश्यले विभिन्न चरणका अभियान सञ्चालन गर्न लागेको हो।

एमालेले पहिलो चरणमा चैत ११ गते देशभरका सबै वडामा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यस क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको समर्थनमा नागरिक समाज तथा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग केन्द्र र जिल्लास्तरमा अन्तरसंवाद कार्यक्रम आयोजना गरिनेछ।

तेस्रो चरणमा चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन तथा जागरण सभा आयोजना गरिनेछ। जागरण सभा आयोजना हुन नसक्ने जिल्लाहरूमा भने वृहत मोटरसाइकल ¥याली निकालिने कार्यक्रम तय भएको छ।

चौथो चरण अन्तर्गत चैत २४ देखि ३० गतेसम्म धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभा आयोजना गरिनेछ। काठमाडौं उपत्यकाको विशेष सभाको मिति भने पछि तय गरिने एमालेले जनाएको छ।

एमाले महासचिव शंकर पोखरेलले भर्चुअल बैठकमार्फत सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई पार्टीको योजनाबद्ध कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उनले यो अभियानलाई पार्टीको तीनमहिने वडाकेन्द्रित अभियानसँग जोडेर अघि बढाउन आग्रह गरेका छन्।

एमालेको यस अभियानलाई गणतन्त्रको पक्षमा व्यापक जनजागरणको रूपमा हेरिएको छ।

Recent Comments

No comments to show.