औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाउन महासंघ र परिषंघको आग्रह

औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाउन महासंघ र परिषंघको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत कटौती गरेपछि निजी क्षेत्रले लोङसेडिङ हटाउन माग गरेको छ । भारतले विद्युत् आपूर्ति कटौती गरेपछि प्राधिकरणले उद्योगमा दिँदै आएको विद्युत कटौती गरेर १२ घण्टा लोडसेडिङ भएको छ ।

निजी क्षेत्रका दुई संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिषंघले औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारी बिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पुगेको भन्दै लोडसेडिङ हटाउन माग गरेका हुन् । भारतबाट दैनिक २० घण्टा बिजुली आयात गरेर आपूर्ति गरिँदै आएकामा गत आइतबारदेखि भारतबाट बिहान ६ देखि साँझ ६ बजेसम्म १२ घण्टा मात्र विद्युत् आपूर्ति भएको छ ।

औद्योगिक करिडोरमा साँझ ६ देखि बिहान ६ बजेसम्म लोडसेडिङ भएपछि उद्योगले उत्पादन कटौती गरेका छन् ।  दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य गर्न महासंघले आग्रह गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ। पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पु¥याइरहेको छ।

लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेको महासंघले जनाएको छ । ‘नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पु¥याइरहेको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ विद्युत नहुँदा उत्पादनमा भारी गिरावट आएको छ ।’

बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पु¥याई मर्मत, संभार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेको महासंघले जनाएको छ । लोडसेडिङले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने जनाएको छ । महासंघ सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ ।  

त्यसैगरी, अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति नेपाल उद्योग परिसंघले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही समय अगाडि पनि नेपालका उद्योगहरुमा लोडसेडिङ्ग गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको थियो । उद्योगहरुमा विद्युत उपलब्ध नगराइदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भिर असर परेको परिषंघले जनाएको छ । उद्योगहरुमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको परिषंघकोआरोप छ । ‘लोडसेडिङले मुलुकमा लगानीको वातावरणमा गम्भिर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भिर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको छ,’ परिषंघले भनेको छ ।

सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनाएको छ । मुलुकमा विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरी उद्योगहरुमा लोडसेडिङ्ग गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन रु भन्ने प्रश्न गरेको छ । ‘विद्युत कुनै पनि उद्योगहरुका लागि कच्चा पदार्थ हो,’ परिषंघले भनेको छ, ‘कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव हुँदैन । त्यसैले उद्योगलाई नियमित विद्युत आपूर्ती हुने व्यवस्था तत्काल गर्न आग्रह गर्दछ ।’

Recent Comments

No comments to show.