नेपाल एयरलाइन्सको नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक , कुन दिन कहाँ ? (तालिकासहित)

नेपाल एयरलाइन्सको नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक , कुन दिन कहाँ ? (तालिकासहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल एयरलाइन्सले भदौ १७ देखि एक महिनाका लागि गर्ने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ।

निगमले नियमित उडानमा १७ भदौदेखि १४ असोजसम्मका लागि उडान तालिका तय गरेर सार्वजनिक गरेको हो। निगमले ६ महीनापछि पहिलो नियमित उडान जापानको नारिताबाट गर्ने भएको छ।

तालिका अननुसार जापानको नारितामा ३, दुबईमा ८, क्वालालम्बपुरमा ४ र हङकङमा २ नियमित उडान गर्नेछ ।

निगमले सबैभन्दा बढी दुवईमा ८ उडान गर्नेछ भने हङकङमा दुई उडान गर्नेछ। त्यस्तै नियमित उडानको अनुमति नभएका साउदीको जेद्दामा ३, दमाममा १ र रियादमा १, कुवेतमा १, कतारको दोहामा ५ उडान गर्ने छ।

त्यसैगरी नियमित उडान नहुने ठाउँमा चार्टर्ड उडान गर्दै छ। जसमा दोहामा सबैभन्दा बढी उडान गर्ने भएको हो।

दोहामा सेप्टेम्बर १५, २१, २२, २७ र २९ मा उडान गर्ने छ भने जेद्दामा ५, ११ र २७ मा उडान गर्ने जनाएको छ। त्यसैगरी दमाममा ७ तारिख, कुवेतमा १४ र रियादमा १९ सेप्टेम्बरमा उडान गर्ने तालिका सार्वजनिक गरेको छ।

नियमित उडान तालिका

नारिता सेप्टेम्बर २, १६ र ३०
दुबई सेप्टेम्बर ५, ७, १२, १४, १९, २१, २६ र २८
क्वालालम्पुर सेप्टेम्बर ६, १३, २० र २७
हङ्कङ् सेप्टेम्बर ९ र २३

उद्धार उडान तालिका

जेद्दा सेप्टेम्बर ५, ११ र २७
दमाम सेप्टेम्बर ७
कुवेत सेप्टेम्बर १४
दोहा सेप्टेम्बर १५, २१, २२, २७ र २९
रियाद सेप्टेम्बर १९

Recent Comments

No comments to show.