कपिलवस्तुसहित ७ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

कपिलवस्तुसहित ७ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारको गृहमन्त्रालयले सातजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १३ जनाको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकले बुधबार गरेको निर्णयअनुसार सहसचिव तथा उपसचिव तहका अधिकृतहरूको सरुवा गरिएको हो।

गृह मन्त्रालयको निर्णयअनुसार कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासी पूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल, पर्वतका केदारनाथ शर्मा लगायतका अधिकारीहरूलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

त्यसैगरी, गृह मन्त्रालयमा ‘बरण्डा’ मा रहेका सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तु, जगदिश्वर उपाध्यायलाई सुर्खेत, भविश्वर पाण्डेलाई नवलपरासी पूर्व, कुमानसिंह गुरुङलाई बागलुङ, प्रेमप्रसाद लुइँटेललाई उदयपुर, आनन्द सारुलाई अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

नयाँ नियुक्ति पाउने अधिकांश सीडीओहरू हालै मात्र सहसचिव पदमा बढुवा भएका व्यक्तिहरू हुन्। गृह मन्त्रालयका अनुसार यो सरुवा प्रशासनिक सुधारको प्रक्रिया अन्तर्गत गरिएको हो।

Recent Comments

No comments to show.