प्रोगेसिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

प्रोगेसिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  प्रोगेसिभ फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक लाख ८१ हजार ८३८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । यो पटकको लिलामी अन्य सेयरधनीहरुले आवेदन दिन पाउने छैनन् ।

संस्थापक सेयरधनीहरुले आज चैत ६ गतेदेखि ३५ दिनभित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय, तिनकुने काठमाडौँमा आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीबाट ३५ दिनमा आवेदन नपरेमा भने अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Recent Comments

No comments to show.