ट्रकमा राखेको २५ करोड विदेशी मुद्रासहित टोखाबाट एकजना पक्राउ

ट्रकमा राखेको २५ करोड विदेशी मुद्रासहित टोखाबाट एकजना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले रु २५ करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताए ।रासस

यो पनि…..

२० करोड बरामद ट्रकका चालक सिन्धुपाल्चोकका,संलग्न अन्य व्यक्ति पनि पक्राउ

८ वर्षअघि सुन तस्करीमा पक्राउ परेका थिए २५ करोडसहित समातिएका लामा

Recent Comments

No comments to show.