अवकाशमा जानुअघि आजबाट १० दिन लामो बिदा बस्दै गभर्नर

अवकाशमा जानुअघि आजबाट १० दिन लामो बिदा बस्दै गभर्नर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैतको अन्तिम साता समाप्त हुँदैछ।

उनी २०७६ साल चैत २४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार १७ औं गभर्नरको रूपमा नियुक्त भएका थिए। उनको पाँच वर्षे कार्यकाल अब समाप्त हुन लागेको हो।

कार्यकाल सकिन लाग्दा गभर्नर अधिकारी अनिवार्य १० दिनको बिदामा बस्न लागेका छन्। उनले भोलि चैत ५ गतेदेखि १५ गतेसम्म बिदा लिने भएका छन्। यससँगै डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिने निर्णय गरिएको छ। गभर्नर अधिकारीले कार्यकाल समाप्त हुनुअघि सञ्चित बिदा उपयोग गर्नुपर्ने भएकाले उनी बिदामा जान लागेका हुन्। कार्यकालको अन्त्यतर्फ उनले अत्यावश्यक बाहेकका अन्य निर्णयहरू गर्न छोडेका थिए।

यसैबीच, आगामी गभर्नर नियुक्तिका लागि प्रक्रिया अघि बढिसकेको छ। गत फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर नियुक्ति सिफारिस समिति गठन गरिसकेको छ। समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र वित्त व्यवस्थापन क्षेत्रका विज्ञ डा. विश्व पौडेल सदस्यका रूपमा रहेका छन्। समितिले नयाँ गभर्नरको छनोट प्रक्रिया अघि बढाउनेछ।

नेपाल राष्ट्र बैंकको नयाँ नेतृत्व को आउने भन्ने विषय चासोको विषय बनेको छ।

Recent Comments

No comments to show.