काठमाडौंको मूल्यवृद्धि नियन्त्रण बाहिर, महंगीको धेरै भार भान्छामा

काठमाडौंको मूल्यवृद्धि नियन्त्रण बाहिर, महंगीको धेरै भार भान्छामा

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अघिल्लो वर्षको तुलनामा महँगी बढेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) को ६ महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा महँगी ७ प्रतिशतले बढेको हो ।

उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा मुद्रास्फीति ६.८२ प्रतिशत पुगेको छ।

औषत मुद्रास्फीति पनि बढेर ६.४१ प्रतिशत पुगेको छ।

अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.५८ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य पनि बढेको छ।

यो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मूल्यबृद्धि भएको छ ।

गत वर्षको पुसमा यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत मूल्यबृद्धि थियो ।

गत पुसमा नेपालमा ६.८२ प्रतिशत मूल्यबृद्धि हुँदा भारतमा भने ७.५९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मूल्यबृद्धि क्रमशः ४.५८ प्रतिशत र २.०५ प्रतिशत रहेको थियो ।

Recent Comments

No comments to show.