काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा अन्य उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ।
साथै, कोशी र मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज सूर्योदय बिहान ६ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ।
प्रतिक्रिया