स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणको काम फेरि ठप्प

स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणको काम फेरि ठप्प

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्माणाधीन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम फेरि ठप्प भएको छ । खानेपानी लगायतका माग अघि सार्दै चन्द्रागिरी नगरपालिका-२ का स्थानीयले आइतबारदेखि निर्माणमा अवरोध गरेका हुन् ।

निर्माणको अन्तिम चरणमा पुगेको सुरुङमार्गको काठमाडौं र धादिङ दुवैतर्फको काम अवरुद्ध भएको आयोजनाले जनाएको छ । स्थानीयले आफ्ना मागहरू पूरा नभएसम्म काम गर्न नदिने अडान लिएका छन् । यसअघि पनि स्थानीयले पटक-पटक अवरोध गर्दै आयोजनाको काम प्रभावित पारेका थिए ।

अहिले स्थानीयसँग छलफल गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ । तर, पटक-पटकको अवरोधका कारण सुरुङमार्गको निर्माण कार्य प्रभावित भइरहेको छ ।

आयोजनाको लक्ष्य २०८२ असोज भित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने भए पनि स्थानीय अवरोधका कारण परियोजना थप ढिलाइ हुने देखिएको छ । २०७६ कात्तिक ४ गतेदेखि ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म आयोजनाको करिब ८७ प्रतिशत काम मात्र सकिएको छ ।

हाल सुरुङभित्र लाइटिङ, कंक्रीट सडक निर्माण तथा बलम्बुमा फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको मुख्य सुरुङको दूरी २ हजार ६८८ मिटर र आपतकालीन सुरुङको दूरी २ हजार ५५७ मिटर रहेको छ ।

Recent Comments

No comments to show.