दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ८ अर्ब २३ करोडको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ८ अर्ब २३ करोडको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।

लगातार केही दिनयता गिरावट आएको शेयर बजार आज १७.२८ अंकले बढेर २,७३६.४८ विन्दुमा पुगेको छ । मंगलबार उच्च गिरावट आएपछि बुधबारको वृद्धि लगानीकर्ताका लागि सकारात्मक संकेत भएको बताइन्छ ।

यद्यपि, कारोबार रकम भने केही घटेको देखिएको छ । आज २ करोड २९ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ८ अर्ब २३ करोड ५२ लाख रुपैयाँ रहेको छ । बजारमा १४६ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा वृद्धि भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंकको संस्थापक शेयर कारोबार भएको छ । नेप्सेका अनुसार, माछापुच्छ्रे बैंकको ८१ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

लगातार घट्दो बजारमा आएको यो वृद्धिलाई लगानीकर्ताले केही राहतको रूपमा लिएका छन् । तर, कारोबार रकम घट्नुले बजार अझै पूर्ण रूपमा स्थिर नभएको सङ्केत गर्दछ ।

Recent Comments

No comments to show.