काठमाडौं । काठमाडौंका बालुवाटार, बानेश्वरसहितका केही स्थानमा निषेधाज्ञा लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार एक सूचना निकाल्दै राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
आइतबारबाटै यो निषेधाज्ञा २ महिलानका लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ।
प्रतिक्रिया