स्वरोजगार लघुवित्तको एफपीओमा मागभन्दा १२० गुणा धेरै आवेदन

स्वरोजगार लघुवित्तको एफपीओमा मागभन्दा १२० गुणा धेरै आवेदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीआ)मा मागभन्दा ११९.८५ गुणा धेरै आवेदन परेको छ।

सीडीएस एण्ड क्लियरिङका अनुसार लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन बुधबार अपराह्न ५ बजेसम्म कुल १८ लाख ८२ हजार ४४२ जनाले आवेदन दिएका छन् ।

उनीहरूले कुल २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ बराबरको २ करोड २३ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका हुन् । यद्यपि, अन्तिम तथ्यांक आउन बाँकी रहेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएसले जनाएको छ ।

तीमध्ये ९८.९६ प्रतिशत आवेदकले नपाउने भएका छन् । लघुवित्तले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियाे।

धितोपत्र बाँडफाँट नियमावली अनुसार आवेदकलाई कम्तीमा १० कित्ताका दरले सेयर दिनुपर्ने व्यवस्था छ । सो अनुसार १९ हजार ५७७ जना अथार्त १.०४ प्रतिशत आवेदकलाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्छ । बाँकी १८ लाख ६३ हजार बढीको हात रित्तो हुने देखिएको छ ।

Recent Comments

No comments to show.