काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले जबरजस्ती हटाएको अवस्थामा सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले विधिको शासन सत्तारुढ दल र सरकारबाटै उल्लङ्घन हुने गरेको भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र शून्य अङ्क दिएर षड्यन्त्र गरिएको बताए ।
प्रतिक्रिया