जेलेन्स्कीले पश्चाताप गर्दै भने- अमेरिकासँग सम्झौता गर्न तयार छु

जेलेन्स्कीले पश्चाताप गर्दै भने- अमेरिकासँग सम्झौता गर्न तयार छु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग खनिज र सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग बाझेर फर्किएका उनले सामाजिक सञ्जाल एक्समा लामो पोस्ट गर्दै युद्ध र शान्तिका सन्दर्भमा युक्रेन कुनैपनि समय अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका हुन् ।

शुक्रबारको घटनाप्रति दुःख व्यक्त गर्दै उनले आफ्नो देशले अहिलेसम्म अमेरिकाबाट पाएको सहयोगप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् ।

जेलेन्स्कीले लेखेका छन्, ‘म शान्तिप्रति युक्रेनको प्रतिबद्धता दोहो¥याउन चाहन्छु । हामीमध्ये कोही पनि कहिल्यै अन्त्य नहुने युद्ध चाहँदैनौँ। युक्रेन दिगो शान्ति ल्याउन सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार छ ।’

त्यस्तै उनले अगाडी भनेका छन्, ‘शुक्रबार वासिङटनको ह्वाइट हाउसमा भएको हाम्रो बैठक जसरी हुनुपर्ने थियो त्यसरी भए । यो दुःखको कुरा हो । अब हामीले चिजहरू ठीक गर्ने समय आएको छ । खनिज र सुरक्षासम्बन्धी सम्झौताका सन्दर्भमा युक्रेन कुनै पनि समय सुविधाजनक ढाँचामा हस्ताक्षर गर्न तयार छ ।’

१६ फागुनमा खनिज सम्झौताका लागि भनेर ह्वाइट हाउस पुगेका जेलेन्स्की ट्रम्प र भान्ससँग बाझेर फर्किएका थिए । त्यसपछि जेलेन्स्कीले आफ्नो देशमा समर्थनका साथै चौतर्फी विरोधको पनि सामना गर्नु परेको थियो । मंगलबार मात्रै अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराइरहेको सैन्य सहयोग पनि रोकेको छ ।

Recent Comments

No comments to show.