काठमाडौं । नेपाल विद्युत प्राधिकरणको लापर्वाहीले खानेपानीको पाइप फुटेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडेले बताएको छ।
आयोजना कार्यान्वयवन निर्देशनालय अनामनगरले प्रेस विज्ञप्ति निकाली यस्तो जानकारी दिएको हो । ‘काठमाडौंको थापाथली चोकबाट पूर्वतर्फ प्रसुती गृहतर्फको सडक मुनी विच्छ्याइएको मेलम्चीको पानी चीफ वितरण प्रणालीको पाइपलाइनमा आज विहान भएको अति विगतमा नेपाल विद्युत प्राधिकरतिमाइत भूमिगत गर्नका लागि सडक खनेर पाइप चिच्छ्याउँदा सावधानी नअपनाको कारणले भएको अध्ययनले देखाएको छ’ विज्ञप्तिमा भनिएको छ ।
विद्युतलाइन भूमिगत गर्नका लागि पाइप बिच्छ्याउदा मेलम्चीको पाइपको तल माथि दायाँ र बाया कम्तीमा एक मिटरको दुरी राख्नुपर्ने विगतको समझदारी विपरित प्राधिकरणले सडक खनेर मेलम्चीको पाइप नजिक विद्युतकाे पाइप राखेको त्यसक्रममा मेलम्चिकाे पाइपमा चोट लागेको स्थलगत अध्ययनबाट देखिएको छ ।
एक दिनअघि बानेश्वर क्षेत्रमा पाइपलाइन मर्मतका लागि माइतिघरस्थित भल्व बन्द गरिएको र ज्वागलमा रहेको एयर भल्ब पनि बन्द रहेकै अवस्थामा एकान्तकुनाबाट माइतिघरतर्फ पानी आउदा चाप बढ्न गई चोट लागेको ठाउँमा पाइप फुटेको केयूकेएलकमे आरोप छ।
आज विहान ५ :२० मा पाइप फुटेर सडकमा पानी निस्केकाेथ हाे । केही समयमै आयोजना कार्यान्वयन निर्देशनालयका प्राविधिकहरू खटाई त्यस क्षेत्रको पानी प्रवाह बन्द गरिएको थियो।
प्रतिक्रिया