मौद्रिक नीति समीक्षा लागू गर्न राष्ट्र बैंकले जारी गर्यो सर्कुलर, यस्ता छन् नयाँ व्यवस्था

मौद्रिक नीति समीक्षा लागू गर्न राष्ट्र बैंकले जारी गर्यो सर्कुलर, यस्ता छन् नयाँ व्यवस्था

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत गरिएका व्यवस्थाहरू कार्यान्वयन गर्न सर्कुलर जारी गरेको छ ।

राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई मौद्रिक नीति समीक्षा लागू गर्न सर्कुलर मार्फत निर्देशन दिएको हो ।

राष्ट्र बैंकले असल कर्जाको प्रोभिजनदर ०.१ प्रतिशत बिन्दुले घटाएको छ। यसअघि असल कर्जाम बैंक तथा वित्तीय संस्थाले १.१ प्रतिशत प्रोभिजन गर्दै आएकोमा अब १ प्रतिशत प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको छ ।

त्यस्तै, १ वर्ष बढीभन्दा बढी ग्रेस अवधि भएका ऊर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरूमा प्रवाहित असल कर्जाहरूको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १ प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने व्यवस्था गरेको छ ।

उदाहरणको लागि, कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष छ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.२५ प्रतिशत, दोस्रो वर्ष ०.५० प्रतिशत , तेस्रो वर्ष ०.७५ प्रतिशत र चौथो वर्षदेखि १.०० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

त्यसैगरी, राष्ट्र बैंकले विद्युतीय सवारीसाधनको लोन टु भ्यालु रेसियो ८० प्रतिशतबाट ६० प्रतिशतमा झारेको छ । कम्बस्चन गाडीको हकमा भने लोन टु भ्यालु रेसियो ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याएको छ ।

यससँगै अब सबै प्रकारका सवारी साधन खरिद गर्दा न्यूनतम ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ । यसअघि विद्युतीय सवारी खरिदमा २० प्रतिशत र कम्बस्चन गाडी खरिदमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने व्यवस्था थियो ।

 

Recent Comments

No comments to show.