काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक देउवाको निवास बुढानीलकण्ठमा बस्ने तय गरिएको छ।
बैठकमा संसदमा पेश भएका विधेयकहरू, भ्रातृ संस्थाहरूको अधिवेशन र पार्टीको सांगठनिक सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ। साथै, अध्यादेश पारित गराउने विषयमा पनि शीर्ष नेताहरूबीच महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
पछिल्लो समय पार्टीभित्र विभिन्न आन्तरिक विषयहरूमा छलफल भइरहेका बेला बस्न लागेको यो बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ। बैठकमा पार्टीको आगामी रणनीति, सरकारसँगको समन्वय तथा अन्य समसामयिक राजनीतिक विषयमा पनि विमर्श हुन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया