फोहोर व्यवस्थापनबाट आयआर्जन गर्दै काठमाडौंका सामुदायिक विद्यालय

फोहोर व्यवस्थापनबाट आयआर्जन गर्दै काठमाडौंका सामुदायिक विद्यालय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीहरूले फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेका छन् । कामपामा वडा नं. २२ नयाँ सडकमा रहेको हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आयआर्जन गर्न थालेका छन् ।

सामुदायिक विद्यालयमा कामपाले कार्यान्वयन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र बालबालिका (वाबा) उपसमूहका विद्यार्थीहरू विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

विद्यालयमा सफाइ गर्दा सङ्कलन भएको कागज, कडा प्लाष्टिक, रबर, खाना प्याकिङ गर्ने खोल, सुक्खा सामानलाई छुट्टाछुट्टै ठाउँमा राख्छन् । सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई दुईवटा बाल्टिनमा राख्ने गरिएको उनले बताए ।

यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा चार खण्ड छन् । बीचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा आठ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई सङ्कलन गरेर व्यावसायिक रूपमा बिक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।

उपप्रमुख डङ्गोलले विद्यार्थीहरूको फोहर बिक्री गर्ने अभ्यास अवलोकन गरिन्। यसक्रममा उनले विद्यार्थीलाई फोहर कहाँबाट प्राप्त गर्नुहुन्छ ? प्राप्त भएको फोहर कसरी वर्गीकरण गर्नुहुन्छ ? सरसफाइ र फोहर वर्गीकरण गर्दा व्यक्तिगत सुरक्षाका लागि के–के गर्नुहुन्छ ? जस्ता प्रश्न सोधेर व्यावहारिक ज्ञानका बारेमा जानकारी लिएकी थिइन् ।

उपलब्ध ठाउँमा विद्यार्थीहरूले गरेको प्रयासको प्रशंसा गर्दै उपप्रमुख डङ्गोलले थालिएको कामलाई निरन्तर सञ्चालन गर्न प्रोत्साहन गरिन्। “यो प्रयास सिकाइयोग्य छ”, उनले भनिन्, “विद्यालयमा सिकेको कुरा घरमा प्रयोग गर्नु, यो सिकाइ आमाबाबालाई सुनाउनु है ।”

बाल उमेरमा सिकेको ज्ञानले जीवनभर काम दिन्छ । बालबालिकालाई वातावरणीय सुधारका लागि व्यक्तिको दायित्वबोध गराउन बाबा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यसको दिगोपनाका लागि बुक फ्री फ्राइडेसँग जोडिएको बताइन् ।

कार्यक्रमका साझेदारका तर्फबाट एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नवीनविकास महर्जनले फोहर व्यवस्थापन अभ्यास प्रयोगमा आउन थालेपछि आकाशे पानी पुनःभरणको कार्यक्रम कार्यान्वयन गरिने बताए ।

Recent Comments

No comments to show.