नुवाकोटमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ८९ पुग्यो

नुवाकोटमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ८९ पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रबार बेलकोटगढी ६ घिमिरेथोकका एक पुरुष, पञ्चकन्याको एक पुरुष र काठमाडौंमा रहेको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा बेलकोटगढीका ४३ वर्षीय पुरुष र पञ्चकन्यको ३० वर्षीय र काठमाडौंमा रहेकी ४५ वर्षीय महिला रहेका छन् ।

यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या ८९ पुगेको छ ।

त्यसमध्ये ६९ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । त्रिशुली अस्पतालमा १२ जना र काठमाडौंको विभिन्न अस्पतालमा ७ जनाको उपचार भैरहेको छ ।

Recent Comments

No comments to show.