काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न अनुमति पाएको छ ।
लघुवित्तलाई नेपाल धितोपत्र बोर्डले माघ ३० गते एफपीओ जारी गर्न अनुमति दिएको हो ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ जारी गर्न अनुमति पाएको हो ।
विन नेपालले संस्थापक र साधरण सेयरको अनुपात मिलाउन एफपीओ जारी गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया