ग्यास व्यवसायीको आन्दोलन स्थगित

ग्यास व्यवसायीको आन्दोलन स्थगित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्यास व्यवसायीले घोषणा गरेको आन्दोलन १५ दिनका लागि स्थगित भएको छ ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायी बीच भएको छलफलपछि आन्दोलनको कार्यक्रम १५ दिन स्थगित गर्ने सहमति भएको हो ।

छलफलमा सरकारले व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि व्यवसायी आन्दोलनबाट पछि हटेका हुन् । तोकिएको समयमा आफ्ना माग पूरा नभए फेरि आन्दोलन गर्ने व्यवसायीले बताएका छन् ।

ग्यास व्यवसायी विभिन्न १९ बुँदे माग राख्दै आजदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । उनीहरूले फागुन २२ गतेदेखि ग्यास बिक्री नै बन्द गर्ने समेत घोषणा गरेका थिए ।

बैठकमा उद्योगमन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरू रहेका थिए ।

Recent Comments

No comments to show.