काठमाडौँ । आगामी सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ ।
यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पेट्रोल र मटितेलसमेत पाइप लाइनबाट आयात गर्न लागिएको हो । नेपाल आयल निगमले भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मटितेल ल्याउन लागेको हो ।
पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १.५० पैसा मूल्य ढुवानी रकम बचत हुने नेपाल आयल निगमले जनाएको छ ।
पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँचदेखि छ करोड रुपैयाँ र वार्षिक ६० देखि ७० करोड रुपैयाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ । हाल बरौनीबाट दैनिक १४ लाख लिटर पेट्रोल ट्याङ्रबाट आयात भइरहेको छ ।
यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेल आयात गर्न लागिएको हो । निगमले २०७६ देखि नै पाइप लाइनमार्फत डिजेल आयात गरिरहेको छ ।
पाइप लाइनबाट बजार माग अनुसार दैनिक छ हजार किलोलिटर पेट्रोल आयात गरिने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया