काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले झण्डै ५ लाख कित्ता सेयर लिलामीमा ल्याएको छ ।
कम्पनीले आजदेखि सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरमध्ये अवितरित हकप्रद लिलामी मार्फत बेच्न लागेको हो ।
उक्त लिलामी सेयरमा लगानीकर्ताले फागुन ५ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य स्पष्ट तोक्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम सेयर मूल्य १०० रुपैयाँ घटाउन पाइने छैन ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० को केन्द्रीय कार्यालय पुतलीसडक, शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट बोलपत्र आवेदन फाराम बुझाउन सक्नेछन्।
प्रतिक्रिया