काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले २५ प्रतिशत हकप्रद प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार समायोजनपछि नेकोको नयाँ सेयर मूल्य ७७१.१२ रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा नेकोको सेयर कारोबार खुल्नेछ ।
प्रतिक्रिया