प्रयागराजको महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाकाे मृत्यु

प्रयागराजको महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाकाे मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड हुँदा १४ जनाकाे मृत्यु भएको छ ।

मंगलबार राति भएको घटनामा १४ जनाकाे मृत्यु भएकाे दैनिक भास्करले जनाएकाे छ । तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन। 

दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन्। संगममा केही महिलाहरू भुइँमा लडे, मानिसहरूले उनीहरूलाई कुल्चिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ। संगम किनारामा एनएसजी कमाण्डो तैनाथ गरेर सर्वसाधारणको प्रवेश बन्द गरिएको छ। प्रयागराजमा भीड बढ्न नदिन, प्रयागराज सहरसँग सीमा जोडिएका सबै जिल्लामा भक्तजनलाई रोक्नका लागि निर्देश गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। 

आज मौनी अमावस्याको महाकुम्भमा स्नान हुने भएकाले करिब ५ करोड भक्तजन नगरमा आउने अनुमान गरिएको छ। प्रशासनका अनुसार आज राति अबेरसम्म संगमसहित ४४ घाटमा आठदेखि १० करोड भक्तजनले स्नान गर्ने सम्भावना रहेको छ। त्यसको एक दिनअघि मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए। सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन्।

Recent Comments

No comments to show.