ङादी ग्रुप पावरको हकप्रद भर्ने म्याद थप

ङादी ग्रुप पावरको हकप्रद भर्ने म्याद थप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले पुस २३ गतेदेखि बिक्रीम ल्याएको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद माघ २९ गतेसम्म थप भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

ङादीको हकप्रद सेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल काठमाडौं र सिद्धार्थ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू र मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर प्रयोजनाका लागि मंसिर १८ गते बुक क्लोज गरेको थियो । सो अनुसार मंसिर १७ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयरबाट प्राप्त हुने पैसा कम्पनीले आयोजनाको मर्मत संभार गर्न, बैंकको ऋण तिर्न र नयाँ आयोजनामा लगानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

Recent Comments

No comments to show.